झापा, २३ पुस । नक्कली सुनका गहना देखाएर ठगी गर्ने इलाम फाक्फोकथुम वडा नम्बर ५ का २६ वर्षीयका दिनेश श्रेष्ठ भनिने शेरबहादुर बराइली शुक्रवार धुलाबारीबाट पक्राउ परेका छन् ।
बिर्तामोड बस्दै आएका बराइलीले बुधवार मेचीनगर नगरपालिका वडा नं. ९ मा रोशनकुमार गजमेरले संचालन गरेको हनुमान ज्वेलर्समा सुन जस्तो देखिने पहेलो धातुको बेरुवा औठी २ थान (तीन तोला) देखाई १ लाख ७० हजार रुपैयाँ ठगी गरेका थिए ।
नक्कली गहनाको बाँकी १० हजार लिन आउँदा बराइली पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका बराइलका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जनाएका छन् ।






