काठमाडौँ, २ असोज । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नजरबन्द गरेर सरकारले संविधान लोकतन्त्र र न्यायलयमाथि प्रहार गरेको बताएका छन् ।
सर्वोच्च अदालत आज जाने तयारी गरिरहेका बेला आफ्नो निवासलाई समेत घेराबन्दी गरेर रोकपछि जबाराले यस्तो बताएका हुन् ।
‘प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई नजरबन्द गरिनु लोकतन्त्रको उपहास हो । अनि नागरिक स्वतन्त्रता र अधिकार कसरी सुनिश्चित हुन्छ ?’ जबाराले भने ।
जबराले शनिवार मध्यरातबाट प्रतिनिधिसभाको आयु सकिएकाले संवैधानिक प्रक्रियाअनुसार आफुमाथि लगाइएका सबै प्रस्ताव निष्क्रिय भएको दाबी गरेका छन् ।
आफू आइतवार बिहान ११ बजे सर्वोच्च अदालत जान तयार भएर बसेको अवस्थामा सरकारले आफूलाई निवासबाट बाहिर निस्कन नदिइएको उनले बताएका छन् ।







