Logo

नदी साँघुरिए, निकास खोज्दै सहर पसे



काठमाडौँ, २४ साउन । मंगलबार बिहानैदेखि राजधानीका नदी किनारका दर्जनौं स्थानमा बाढी पस्यो । बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनहरालगायतका नदीमा पानीको सतहले खतराको स्तर पार ग¥यो । करिडोरका सडक, बस्ती, सर्वसाधारणका घर डुबानमा परे ।

देशकै राजधानी बर्सेनि बाढी र डुबानको समस्या बेहोर्न बाध्य छ । किन त रु विज्ञको जवाफ छ, ‘नदी, खोला अतिक्रमणमा परे । साँघुरिँदै गएपछि निकास खोज्दै सहर पसे ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार पनि पछिल्लो २४ घण्टामा राजधानीमा परेको पानी ‘धेरै’ होइन । विभागका अनुसार मंगलबार बिहान ८ बजेसम्म ६४ दशमलव ३ मिलिमिटर (मिमि) मात्रै वर्षा भएको हो । तर, बाढी तथा डुबानको पछाडि जलाधार क्षेत्र दोहन तथा अतिक्रमण नै मुख्य कारण बनेको विज्ञहरूको तर्क छ । उक्त मात्राको पानी विगतमा पनि पर्ने गरेको भए पनि यसपालि अति नै भएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरेश मरहठ्ठाका अनुसार विभागले ६४.३ मिमि भनेको भएता पनि औसतमा ८० मिमि पानी परेको छ । जसकारण प्रायः नदीमा पानीको ‘ओभरफ्लो’ भएको छ । उनले भने ‘पानी पर्ने अवधि र बाढी निकास हुने अवधिबराबर जस्तै भयो । त्यसैले गर्दा एकचोटी ठूलो बाढी देखियो ।’ मंगलबारको बाढीलाई मरहठ्ठाले ‘सामान्य’ भनेका छन् ।

नदीहरू अतिक्रमणमा परेका छन् । खोलाहरू साबिकको भन्दा आधामा खुम्चिएका छन् । भूउपयोग फेरिएको छ । खुला जमिन ढलान भएका छन्, पानी सोस्ने ठाउँ छैन । ढलानबाट पानी बगेरै जान्छ ।

काठमाडौं उपत्यकाको हकमा बाघद्वार उद्गम बिन्दु भएको बागमतीको पानी चोभारसम्म पुग्ने अवधिलाई ‘टाइम अफ कन्सन्टे«सन’ भनिन्छ । यो अवधिभर वर्षा भएमा नदीमा पानीको मात्रा अत्यधिक हुन्छ । सबैतिरको पानी एकैपल्ट नदीमा पुग्दा जलस्तर बढ्छ । त्यस्तो अवस्थामा पानी नदीबाट ओभरफ्लो भएर बस्ती र अन्यत्र जान्छ । मंगलबार पानी पर्ने अवधि ‘टाइम अफ कन्सन्टे«सन’भन्दा लामो रहेको मरहठ्ठाको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्