काठमाडौँ, ८ जेठ । अन्ततः नबिल बैंक लिमिटेडले नेपाल नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी बैंक)लाई प्राप्ति गर्ने पक्का भएको छ । शनिबार सम्पन्न नविल र एनबी बैंकको छुट्टाछुट्टै विशेष साधारणसभाले यी दुई बैंक एक आपसमा एक्विजेसन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेर अख्तियारी दिएपछि गाभ्ने-गाभिने प्रक्रिया अगाडि बढेको छ ।
दुवै बैंकको विशेष साधारणसभाले सभामा प्रस्ताव गरेका सबै एजेण्डा पारित गरेको बैंकहरुले जनाएका छन् । एनबी बैंकलाई गाभेपछि नबिल बैंक अधिकांश सूचकमा पहिलो बैंक बन्ने उसले दाबी गरेको छ ।
एनबी बैंकको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००स्४३ लाई विशेष साधारण सभाले स्वीकृति प्रदान गरेका कारण एनबी बैंकका सेयरधनीले १०० कित्ताबराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् । आजको कारोबार दैनिकमा समाचार छ ।