
काठमाडौँ, १४ असार । वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । आज अपराह्न काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गौतमले नयाँ दल गठनको घोषणा गर्न लागेका हुन् ।
गौतमले नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) नामको पार्टी खोल्ने भएका छन्। दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा पत्रकार सम्मेलनको तय भएको छ ।
नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत गौतम यसअघि नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए । गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा पनि सिफारिस गरेको थियो।







