झापा, ७ जेठ । नेपाल तरुण दल झापाका पूर्व अध्यक्ष नरेन्द्र खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्नुभएको छ । । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उहालाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्नुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका खड्काको राप्रपा प्रवेशसँगै नेपाली कांग्रेस झापामा तरङ्ग पैदा हुने देखिएको छ । खड्का राप्रपाको केन्द्रिय पार्टी कार्यालयमै गएर पार्टी प्रवेश गरेको जनाइएको छ । उहाको राप्रपा प्रवेशसँगै झापासहित देशभरका उद्योगी ब्यवसायीसहित नेपाली कांग्रेसमा हलचल मच्चिएको बुझिएको छ ।
राप्रपा झापाका अध्यक्ष केशव प्रसाद ओझाले खड्काको राप्रपा प्रवेशले पार्टाीमा नयाँ उत्साह जगाएको वताउनुभयो । उहाका अनुसार खड्काको पार्टी प्रवेशले अन्य धेरै उद्योगी ब्यवसायी राप्रपामा आउने तयारी छ ।