Logo

नर्वेका लेखकलाई नाेबेल साहित्य पुरस्कार



नर्वे, १८ असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएको छ ।

फोसाको कृतिले ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ पुरस्कार दिइने भएको पुरस्कार छनोट समितिले जनाएको छ । फोसाको शैलीलाई ‘फोसा मिनिमलिजम’ को सङ्ज्ञा दिइएको छ ।

सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् । उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।

यसअघि नोबेल पुरस्कार समितिले रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फका विजेताको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्