Logo

नर्वेलाई हराउँदै जापान महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा



न्युजिल्यान्ड, २० साउन । नर्वेलाई हराउँदै जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

न्युजिल्यान्डको वेलिङ्टनमा भएको खेलमा नर्वेलाई ३-१ गोलले हराउँदै जापान अन्तिम ८ मा पुगेको हो ।

पहिलो हाफमा एक गोल गरेको जापानले दोस्रो हाफमा दुई गोल गरेको हो । उसका इन्ड्रिड इन्गेन, रिसा शिमिजु र हिनाता मियाजावाले गोल गरे । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन् ।

प्रतिक्रिया दिनुहोस्