Logo

नर्वे र स्विट्जरल्यान्ड महिला विश्वकप फुटबलको अन्तिम १६ मा



न्युजिल्यान्ड, १४ साउन । नर्वे र स्विट्जरल्यान्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् ।

आइतवार न्युजिल्यान्डको इडेन पार्कमा भएको समूह ‘ए’ को खेलमा नर्वेले फिलिपिन्सलाई ६-० गोलले हराएर नकआउटमा स्थान पक्का गरेको हो ।

नर्वेकी सोफी रोमान हगले ह्याट्रिक गरिन् । यस्तै क्यरोलिन ग्राहक हनसेनर गुरो रिटेनले गोल गर्दा नर्वेले एक गोल आत्मघाती उपहार पायो । नर्वे ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो । फिलिपिन्स ३ खेलमा ३ अङ्कसहित पुछारमा रहेर बाहिरिएको छ ।

आजै भएको समूह ‘ए’ कै अर्को खेलमा स्विट्जरल्यान्डले घरेलु टोली न्युजिल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । आजको बराबरीसँगै स्विट्जरल्यान्ड ३ खेलमा ५ अङ्कका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । आयोजक तथा घरेलु टोली न्युजिल्यान्ड बाहिरिएको छ ।

नर्वे र न्युजिल्यान्डको समान ४ अङ्क भए पनि गोल अन्तरका आधारमा नर्वे अन्तिम १६ मा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्