काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहान ११ बजे शपथ लिनुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदहरुलाई बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ । नेकपा ९एमाले०का अध्यक्ष तथा संसदीय दलका नेता ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
गत शुक्रबार नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा संसद्मा विश्वास गुमाउनुभएपछि एमाले अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो ।