काठमाडौँ, १२ चैत । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
आइतवार सिंहदरबारमा रहेको गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गएको शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।