Logo

नवनियुक्त मन्त्रीहरूले लिए शपथ



काठमाडौँ, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा १२ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, डा.विमला राई परराष्ट्र मन्त्रालय, पदम गिरी स्वास्थ्य मन्त्रालय, हरि उप्रेती रक्षा मन्त्रालय, भगवती चौधरीले महिला तथा बालबालिका मन्त्री, शिशिर खनाल, शिक्षा, डिपी अर्याल, श्रम तथा रोजगारमन्त्री, राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री, विक्रम पाण्डे, शहरी विकास र ध्रूव प्रधान कानुनमन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

राज्यमन्त्रीहरू दीपकबहादुर सिंह (उर्जा मन्त्रालय), सुशीला श्रीपाली (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) र डा.तोसिमा कार्की (स्वास्थ्य मन्त्रालय)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्