काठमाडौँ, १९ वैशाख । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् ।
उनले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनेछन् ।
सिंहदरबारस्थित कानुन न्यान तथा मानव अधिकारको हलमा दिउँसो १ बजे शपथ ग्रहण तय गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा-२ बाट निर्वाचित भएका थिए । तनहुँ-१ र चितवन-२ बाट निर्वाचित स्वर्णिम वाग्ले र रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए ।
शुक्रबार अनुपस्थित रहेका कारण यादवले मंगलबार शपथ लिन लागेका हुन् ।