सप्तरी, २१ मंसिर । शपथ ग्रहण गर्दा गर्दै एकजना नवनिर्वाचित वडाध्यक्ष पक्राउ परेका छन् ।
व्यक्ति हत्या आरोप लागेका सप्तरीस्थित नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले शपथ ग्रहण समारोहबाट पक्राउ गरेको हो।
उनी गत मंसीर १६ गतेको स्थानीय तहको उपनिर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनलाई कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।