काठमाडौँ, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले शपथ लिएका थिए । आज उनले अरू सदस्यलाई शपथ गराएका छन् ।
सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमालले २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गरेको जानकारी दिए ।







