Logo

नवनिर्वाचित सांसदहरूको शपथ आज, २६ सांसदको शपथ मातृभाषामा



काठमाडौँ, ७ पुस । नवनिर्वाचित सांसदहरूलाई आज शपथ ग्रहण गराइने भएको छ ।

संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज शपथ ग्रहण गराउने भएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे शपथ ग्रहण गराइनेछ ।

नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । उनै ज्येष्ठ सदस्य राणाले अन्य सदस्यहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउने छन् ।

मातृभाषामा शपथ ग्रहण गर्न २६ जनाले निवेदन दिएका छन् । नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुले लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिनु पर्नेछ । उनीहरुले हिन्दी, संस्कृतलगायत भाषामा शपथ लिन चाहेको भन्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्