काठमाडौँ, ६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल प्रज्ञा प्रतिष्ठान समावेशी रूपमै गठन भएको दाबी गरेका छन् ।
शनिबार किरात रदु नाछिरिङ साखाम केन्द्रको ८ औं केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।
उनले भने, ‘भर्खरै गठित नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ परिषद् समावेशी बनेको छ तर गलत प्रचार गरियो ।’
उनले गलत प्रचार नगर्न सबैमा आग्रह पनि गरे । ‘राईहरूको नाम एक ठाउँमा राखेर प्रचार गरिएको छ’‚ मन्त्री किरातीले भने, ‘यो गलत हो । यसरी गलत नबुझौँ ।’







