Logo

नव-नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौँमा



काठमाडौँ, ११ असार । नेपालका लागि नव-नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन् ।

शनिवार अपरान्ह काठमाडौँ ओर्लएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ ।

काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्