Logo

नहरमा डुवेर झापामा एक जनाको मृत्यु



झापा, १ भदौ । शिवसताक्षीस्थित कनकाई सिञ्चाई आयोजनाको नहरमा डुवेर आज एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.१० का २४ वर्षीय शिव जोगी रहेका छन् ।

जोगीसहितको समूह दोमुखास्थित कनकाई सिञ्चाई आयोजनाको नहरमा पौडी खेल्न गएको थियो । तीन जना गएकामध्ये जोगी पानीले बगाएर वेपत्ता भएका थिए । उनको शव घटनास्थलबाट डेढ किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्