Logo

नाइजरको सैन्य सरकारले फ्रान्सेली राजदूतलाई बनायो बन्धक



नाइजर, ३० भदौ । अफ्रिकी देश नाइजरको सैन्य सरकारले फ्रान्सेली राजदूतलाई बन्धक बनाएको छ ।

‘कू ’गरेर नेतृत्व हत्याएको सैन्य सरकारले फ्रान्सका राजदूत सिल्भेन इट्टेसहित अन्य कुटनीतिज्ञलाई बन्धक बनाएको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसको पुष्टि गरेका छन् । म्याँक्रोनले राजदूतसहितका अधिकारीलाई दूतावासमै बन्धक बनाइएको बताएका छन् ।

राजदूतसहित कुटनीतिक अधिकारी र समग्र नाइजर मिसन अहिले सैन्य सरकारले उपलब्ध गराउने जेलको खाना खाएर बसेको म्याँक्रोले बताए ।

हालै नाइजरमा जननिर्वाचित राष्ट्रपतिसहित सरकारका अन्य मन्त्रीहरूलाई जेल हालेर सैनिकले सत्ता नियन्त्रणमा लिएको थियो । यो कदमको फ्रान्सले विरोध गर्दै आएको थियो । फ्रान्सले अपदस्थ गरिएका राष्ट्रपति मोहम्मद बजोमको समर्थन गरेर ‘कु’को विरोध गरेपछि नाइजरको सैन्य नेतृत्वले फ्रान्सेली राजदूतलाई देश छोड्न आदेश दिँदै भिसा रद्द गरेको थियो ।

यी घटनाक्रमपछि देश नछोडेका राजदूत इट्टेसहित अन्य कुटनीतिक अधिकारीलाई दूतावासमै बन्धक बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्