नाइजेरिया, ८ पुस । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाकु मारिएका छन् ।
सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती अधिकारीकाअनुसार गएका तीन हप्ता यता भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका हुन् ।
नाइजेरियामा केही वर्षदेखि हत्या तथा आतङ्क जारी नै राखेका बोको हरामका लडाकुहरुले पछिल्लो समयमा यहाँका सैनिक तथा प्रहरी पोष्ट एवं सुरक्षा अधिकारीमाथि नै हमला गर्ने गरेका छन् ।







