Logo

नाइजेरियामा डुङ्गा दुर्घटना: ४० जनाभन्दा धेरै बेपत्ता



file photo

फाइल तस्बिर

नाइजेरिया, १७ असोज । नाइजेरियाको उत्तरी राज्य केबीमा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता भएका छन् । डुङ्गामा कम्तीमा ५० जना यात्रु रहेका थिए ।

अहिलेसम्म १० जनाको उद्धार भएको र अरु हराइरहेकाहरुको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । उत्तर-मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा मुसलधारे वर्षाका कारण डुङ्गा पल्टिएको अनुमान छ ।

नाइजर राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख सालिहु गरबाले स्थानीय गोताखोरलाई बेपत्ताको खोजी तथा उद्धारका लागि परिचालन गरिएको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्