Logo

बन्धुकधारीले नाइजेरियामा २ सय ८० जना भन्दा धेरै विद्यार्थी अपहरण गरे



नाइजेरिया, २५ फागुन । नाइजेरियामा बन्दुकधारीको एक समूहले २ सय ८० जना भन्दा धेरै विद्यार्थीको अपहरण गरेको छ ।

नाइजेरियाका अधिकारीहरूले उत्तरपश्चिमी सहर कुरिगामा बन्दुकधारीहरूले २ सय ८० भन्दा बढी विद्यालयका बालबालिकालाई अपहरण गरेको बताएका बीबीसीले जनाएको छ ।

बिहान विद्यालयको प्राथना चलिरहँदा मोटरसाइकलमा सवार बन्दुकधारी विद्यालयमा प्रवेश गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अपहरणमा परेका बालबालिकाको उमेर ८ देखि १५ वर्ष रहेको उनले बताए ।

एक शिक्षक पनि अपहरणमा परेका छन् । कडुना राज्यका गभर्नर उबा सानीले यस घटनाको पुष्टि गरेका छन् । अपहरणकारी गिरोहहरूले नाइजेरियामा विगत केही वर्षहरूमा विशेष गरी देशको उत्तर-पश्चिमी भागमा सयौँ मानिसहरूलाई अपहरण गरेका छन् ।

कादुनाका गभर्नर उबा सानीले सरकारी माध्यमिक विद्यालयका १ सय ८७ र स्थानीय प्राथमिक विद्यालयका १ सय २५ विद्यार्थी बेपत्ता भएको बताएका छन् । तर तीमध्ये २५ जना फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्