Logo

नाइजेरियामा बाढी: ७५ जनाको मृत्यु, दुई सय जना घाइते



नाइजेरिया, २० असोज । नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको अधिकारीले जनाएका छन् ।

अधिकारीहरुका अनुसार गएको मे महिनाबाट सुरु भएको मनसुनबाट अहिलेसम्ममा ७५ जनाको ज्यान गएको हो । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ती व्यक्तिको निधन भएको हो ।

योबे राज्यका प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी प्रमुख मोहम्मद गोजेले दिएको जानकारीअनुसार बाढीबाट भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ । बाढीबाट दुई सय जना घाइते भएका छन् । त्यस्तै अरु कैयौँ व्यक्ति हराएका पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्