नाइजेरिया, ३ असोज । नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो ।
सो दुर्घटनामा परेर अरु सात जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा सो दुर्घटना भएको हो । सडक विभागका एक अधिकारीले उक्त सडकमा बस र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको हो ।
सो सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेका र जसका कारण यति धेरै नागरिकको ज्यान गएको हो । सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।