Logo

नाइजेरियामा सवारी दुर्घटनामा परेर १६ जनाको मृत्यु



नाइजेरिया, २ माघ । नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार भएको सो दुर्घटनमा परेर अरु केही व्यक्ति घाइते भएका छन् ।

यात्रुहरु रहेको एक बसलाई सडकमा ट्रकले ठक्कर दिएको थियो । त्यस दुर्घटनामा परेर १६ जनाको ज्यान गएको बताइएको छ । सो बसमा कम्तीमा पनि ९० जना यात्रु रहेका बताइएको छ । यात्रुहरुमध्ये अधिकांश घाइते भएका र उनीहरुलाई अस्पताल प¥ुयाइएको छ ।

सो प्रान्तका प्रान्तीय सुरक्षा अधिकारीले उक्त दुर्घटनामा परेर ८३ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई तत्कालै अस्पताल पु¥याइएको थियो । उक्त राज्यको मंगु गाउँ नजिकै सो दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्