Logo

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु



नाइजेरिया, ४ पुस । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हैजाको प्रकोपमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको र ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका अधिकारीले बताएका छन् ।

यहाँको स्थानीय अबि क्षेत्रमा हैजाको प्रकोप बढी फैलिएकोले के कारणले यहाँ प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ । यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएको छ । यहाँका ती गाउँमा मात्र सयौँ मानिस विरामी भइ अस्पताल भर्ना भएका छन् ।

उनीहरूलाई हैजाको प्रकोपको आशङ्कापछि विशेषज्ञ चिकित्सकद्वारा उपचार सेवा गरिरहेका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरूलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्