Logo

नाइजेरियालाई हराउँदै इङ्ग्ल्यान्ड महिला विश्वकपकाे क्वाटरफाइनलमा



अस्ट्रेलिया, २२ साउन । नाइजेरियालाई पेनाल्टी शुटआउटमा हराउँदै इङ्ग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

सोमवार अस्ट्रेलियाको सनकर्प स्टेडियममा भएको खेलमा नाइजेरियालाई पेनाल्टी शुटआउटमा ४-२ गोलले हराउँदै इङ्ग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थपिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

खेलको ८७ औँ मिनेटमा इङ्ग्ल्यान्डकी लरेन जेम्स रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्