Logo

नागढुङ्गा-नौबिसे सडक खण्ड दुईतर्फी नै सञ्चालन



फाइल तस्बिर

काठमाडौँ, ६ जेष्ठ । काठमाडौँको मुख्य नाका नागढुङ्गामा गाडी चापमा चलिरहेका छन् ।

बिहानै परेको वर्षाका कारण लेदो माटोसहित पिप्लामोडमा पहिरो खसेपछि गाडीको चाप बढेको हो ।

अहिले पहिरो पन्छाएर दुईतर्फी नै सडक खुलाएको प्रहरीले जनाएको छ । तर, गाडीको सङ्ख्या धेरै रहेकाले चाप भने परेको छ ।

मुख्य नाका भएकाले यो सडक खण्ड भएर दिनहुँ हजारौँ गाडी चल्छन् । यसले गर्दा सामान्य समस्या पर्दा पनि यो सडक खण्डमा घण्टौँ जाममा बस्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्