Logo

‘नागरिकको पक्षका कानुनहरु नेताहरुको दबाबका कारण असफल’



काठमाडौँ, १७ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नागरिकको पक्षका कानुनहरु ठूला नेताहरुको दबाबका कारण असफल हुने गरेको आरोप लगाएका छन् ।

७७ औं विश्व श्रमिक दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कुँवरले भ्रष्टाचार, नागरिकता र श्रम आयोग लगायतका ऐन, नियम बनाउने काममा ठूला नेताहरुले दबाब दिने गरेको बताए ।

उनले अहिलेको सरकारले पनि श्रम आयोग गठन सम्बन्धी प्रक्रिया तीन पटक मन्त्रीपरिषद्मा पुर्याउँदासमेत एजेण्डा नबनेको गुनासो गरेका छन् ।

मन्त्री कुँवरले कतिपय जनपक्षीय कानूनहरु संसदमा प्रवेश गर्न नै नदिइकन तुहाइदिने गरेको दाबी गरे । मन्त्री कुँवरले मन्त्रालयले असंगठित, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने तयारी गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्