Logo

नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक: बाँस्कोटा



काठमाडौँ, २ भदौ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसद्को ध्यानाकर्षण गराएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वका धेरैजसो देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरूबाट सिकेर भए पनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताएका हुन् ।

उनले हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको पनि बताए । उनले सत्तापक्षको गठबन्धनको गलपासोका रूपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जान नहुने बताए ।

उनले भने, ‘हतार–हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ । यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन । जनताका आवाज सुन्दैन । सत्तापक्षको गठबन्धनको गलपासोका रूपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानु हुँदैन । यो नेपाली जाति र नेपालका नागरिकले प्राप्त गर्ने कुरा हो । यसमा कसैको विभेदको दृष्टिकोण छ जस्तो लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्