Logo

नागरिकता जस्तो विषयलाई सदनले गम्भीरताका साथ लिओस्: ज्ञवाली



काठमाडौँ, २ भदौ । नेकपा एमालेका सांसद प्रदीप कुमार ज्ञवालीले विचाराधीन नागरिकता विधेयकलाई बन्धक कोठा भित्र राखेर सङ्कुचन गर्न मिल्छ भन्दै प्रश्न गरेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नागरिकता जस्तो संवेदनशील विषयलाई सत्ता पक्षले जबरजस्ती गरेको बताए ।

उनले सत्तासँग हेड अकाउन्टमा ठुलो भए पनि नागरिकता जस्तो विषयलाई गम्भीरताका साथ नलिएको बताए । ‘यस्तो गम्भीर विषयलाई सदनले गम्भीरताका साथ लिओस् तर सत्ता गठबन्धनले त्यस्तो गर्न चाहको छैन’, उनले भने । ‘राष्ट्रपतिले लैङिक समानता,आमाको प्रजनन अधिकार उनको प्राइपभेसी, उनको आत्मसम्मानजस्ता प्रश्नहरूमाथि ध्यानाकर्षण गराउँदै बाबुको स्वघोषणा बाध्यात्मक अवस्थाले आमाको आत्मसम्मानमा चोट पुग्छ कि पुग्दैन भन्ने असाध्यै महत्त्वपूर्ण विषय उठान गर्नुभएको छ । ’

उनले राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको सन्देशमाथि गम्भीरता पूर्वक छलफल गर्नुपर्ने बताए । ‘यो दस्ताबेज सिङ्गो राष्ट्रलाई प्रतिनिधित्व गर्ने सबै भेग सबै समुदाय र सबै जनताको समस्यासँग जोडिएको विषय हो । यो राष्र्टिय एकता हासिल गर्ने दस्ताबेज समेत हो । यो कुनै मधेस विशेषको मात्र होइन ’,उनले भने ।

उनले नागरिकता जस्तो गम्भीर विषयलाई प्रतिपक्ष दलले रचनात्मक ढङ्गले सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्