Logo

नागरिकता दिँदा विवाह टिक्छ कि टिक्दैन भनेर हेर्नुपर्छ: ओली



काठमाडौँ, ७ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विवाहको जग्गेमा नै वैवाहिक अंगीकृत नागरिकता दिन नहुने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नागरिकता दिँदा विवाह टिक्छ कि टिक्दैन भनेर हेर्नुपर्ने बताए ।

“वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो पाउने वित्तिकै जग्गेमा त दिने होइनन् । अलिक समय हेर्ने पर्‍यो त्यो साँच्चै हो कि होइन, विवाह टिक्छ कि टिक्दैन,” ओलीले भने, “केका लागि? नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अंश पाउन मात्रै विवाह गरेको छ कि? यस्तो कुराहरू हेर्नुपर्छ ।”

ओलीले आफू प्रधानमन्त्री भएका बेला एउटै पार्टीमा हुँदा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक रोकेको रोक्यै गरेको बताए । अहिले छलफल गर्न नदिई अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्