Logo

रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगे



काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतको फैसलापछि सांसद तथा गृहमन्त्री पद खारेज भएसँगै रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् ।

नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि उनी भर्खरै काठमाडौँ सिडिओ कार्यालय बबरमहल पुगेका हुन् ।

नागरिकताको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता पुन: प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्