Logo

नागरिकता वितरणमा भइरहेको बाधा पन्छाउन विधेयक फिर्ता: गृहमन्त्री खाण



काठमाडौँ २४ असार । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता वितरणमा भइरहेको बाधालाई पन्छाउनका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट फिर्ता लिएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री खाणले प्रतिनिधि सभामा अहिले भएको नागरिकतासम्बन्धी विधेयक यथास्थितिमा बसिरहँदा नागरिकता वितरणको काममा बाधा उत्पन्न भएको बताए ।

उनले नागरिकता वितरणमा भइरहेको बाधा पन्छाउनका लागि विधेयक फिर्ता लिएको बताए । उनले नागरिकतासम्बन्धी नयाँ विधेयक संसदमा पेस हुने पनि जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्