
काठमाडौँ, २१ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएका कारण संसदमा विरोध गरेको बताएका छन् ।
आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उनको भनाइ छ ।
त्यस्तै उनले भारतीयहरूले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसाङ्ख्यिक हिसाबले बहुमत पुर्याउन खोजेको टिप्पणी गरेका थिए ।







