Logo

नागरिकता विधेयकमाथि छलफल गर्न समितिले गृहमन्त्रीलाई बोलायो



काठमाडौँ, १३ भदौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकमाथि आजदेखि छलफल थाल्ने भएको छ ।

विधेयकमाथि छलफल गर्नका लागि विधायन समितिको बैठक आज मध्यान्ह १२ बजे बोलाइएको समिति सचिव मनोजकुमार गिरीले जनाकारी दिए ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई छलफलका लागि बोलाइएको गिरीको भनाइ छ ।

आइतबार बसेको राष्ट्रियसभा बैठकले सर्वसम्मतिले पारित गर्दै राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा छलफलका लागि पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्