Logo

नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको छ: शर्मा



काठमाडौँ, २४ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको बताएकी छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरूका बीचमा सहमतिको प्रयास भइरहेको बताएकी हुन् ।

उनले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउन सरकारको प्राथमिकतामा परे पनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताइन् । विगतका समस्या नदोहोर्‍याउन सहमतिका लागि प्रयास गरिएको उनको भनाइ छ ।

उनले भन्नि, ‘छ महिनाभित्रमा नागरिकता ऐन ल्याउने भन्ने कुरा पहिले पनि भएको हो । अहिले पनि त्यो उल्लेख भएकै विषय छ । नागरिकता ऐन छ महिनाभित्र भन्नाले छ महिना कुराउनुपर्छ भन्ने कुरा होइन । छिटो भन्दा छिटो ल्याउने कुरा नै हो । त्यस कारण सरकारको प्राथमिकतामा छ । सहमति खोज्नुपर्दा केही समय लागेको हो ।’

प्रतिक्रिया दिनुहोस्