काठमाडौँ, २० जेठ । नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता-कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।
नागरिकता विधेयक राष्ट्रघाती भएकाले त्यसलाई खारेज गर्नुपर्ने भन्दै शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको हो ।
उनीहरूले नेपालीलाई नेपालमै अल्पमतमा पार्ने षड्यन्त्र बन्द गर्नुपर्नेमा जोड दिए । गैरनेपालीलाई नेपाली नागरिकता दिने उद्देश्यले नागरिकता विधेयक प्रमाणीकरण गरिएको प्रदर्शनकारीको आरोप थियो ।







