Logo

‘नागरिकता विधेयक पास गरेर माओवादीले प्रतिबद्धता पूरा गर्‍याे’



सर्लाही, ८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् ।

पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न बागमती आइपुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

यसअघि आफूले मधेश प्रदेशमै आएर गरेको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने जनाएको प्रतिबद्धता पूरा गरेको उल्लेख गरे ।

‘हामीले अबको सदनमा नागरिकतासम्बन्धी विधेयक पास हुन्छ भनेका थियौँ । हिजोबाट मधेश र पहाडका गरी सात लाखको हाराहारीमा नागरिकताबाट पीडित युवाको समस्या समाधान गर्ने निर्णय गरिसकेका छौँ । नागरिकता नपाएर पीडित बनेका युवा र सम्पूर्णमा बधाई भन्न चाहन्छु ।’ उनले भने।

यसबाट फेरी एक पटक आमजनताको पार्टी भनेको माओवादी केन्द्र हो भन्ने पुष्टि भएको उनले दाबी गरे। नागरिकताकै कारण अब कोही नेपाली अनागरिक बन्नु पर्ने दिन नआउनेसमेत प्रचण्डले बताए । तर माओवादीकै केही नेताहरूले भने विधेयकमाथि विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्