काठमाडौँ, १९ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुन: विचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक)२०७९ प्रस्तुत भएको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराएका थिए ।
राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो







