काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको बताएका छन् ।
आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो राष्ट्रपतिले मन्त्रिपरिषद्ले पठाएको विधेयक प्रमाणीकरण नगर्नु स्वाभाविक नरहे पनि त्यही विधेयकलाई अहिले प्रक्रिया मिचेर प्रमाणीकरण गरिएको उनले उल्लेख गरेका थिए ।
उनले नागरिकता विधेयकभित्रको विषयवस्तुमा भने एमालेले विरोध गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् ।







