काठमाडौँ, २१ असार । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।
विधेयकमा भएका कतिपय विषय परिवर्तन गर्नुपर्ने भएकाले अहिले फिर्ता लिएर फेरि प्रतिनिधि सभामा पेस गर्ने निर्णय भएको उनले बताए ।
नागरिकता विधेयक २०७५ सालको साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएर राज्य व्यवस्था तथा सुशासन समितिले झन्डै दुई वर्ष दफावार छलफल गरेपछि प्रतिनिधि सभामा पेस गरेको थियो ।







