Logo

नागरिकता विधेयक बहुमतले पारित



काठमाडौँ, २ भदौ । प्रतिनिधिसभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्‌मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले पूर्णतया छलफल गरी मत विभाजनसहित बहुमतले पारित गरेको हो ।

मतदानमा नागरिकता विधेयककाे पक्षमा १३५ मत, विपक्षमा ६० मत परे भने मत दिन्नँ भन्ने पक्षमा एकमत पनि परेकाे थिएन ।

प्रतिक्रिया दिनुहोस्