ताप्लेजुङ , ९ भदौ । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष अशोककुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आत्मालोचना गरेमात्रै गठबन्धनमा सहभागी हुनसक्ने वताएका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संसद् विघटनको समयमा केपी शर्मा ओलीलाई सहयोग गरेको, ३ देखि १५ दिनसम्मको मन्त्रीपरिषद्मा सहभागी भएको जस्ता गतिविधि गरेकाले आत्मालोचना गरेमात्रै गठबन्धनमा सहभागी हुन सक्ने दाबी गरेका हुन् ।
गठबन्धनमा सहभागी हुन सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने उनको धारणा छ । गठबन्धन दलभित्र प्रतिनिधिसभाका १ सय ६५ स्थानमा सिट बॉडफॉड भए पनि प्रदेशमा अलग–अलग प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहेको उनले बताए ।
त्यस्तै प्रतिनिधिसभालले दोस्रो पटक पारित गरेको विधेयक राष्ट्रपतिले सरासर प्रमाणीकरण गर्नुपर्ने उनको तर्क छ । ‘मैले पहिलेदेखि नै भन्दै आएको थिएँ,’ राईले थपे, ‘उहॉहरू विवाह गरेर आएकालाई सात वर्षपछि दिउ‘ भन्नु हुन्छ, उताको नागरिकता त्यागेपछि तत्काल दिँदा के फरक पर्छ ?’







