Logo

नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ: मन्त्री गुरुङ



काभ्रे, १४ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् ।

विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित ‘बृहत् नि:शुल्क स्वास्थ्य शिविर’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले उच्च प्राथमिकता दिएको बताए ।

भुम्लु गाउँपालिकामा धेरै वर्षदेखि भूमिहीन रहेको नागरिकलाई लालपुर्जा वितरण गर्ने र छिमेकी जिल्लासँगको सीमा विवादको समस्यालाई समाधान गर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले यसका लागि आवश्यक समन्वयको काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्