Logo

नागरिकलाई दुःख दिने १ सय वटा मोटरसाइकल बुलडोजर लगाएर ध्वस्त बनाइयो



अमेरिका, ९ असार । अमेरिकाको न्युयोर्क प्रहरीले नागरिकलाई दुःख दिने एक सय वटा मोटरसाइकललाई बुलडोजर लगाएर ध्वस्त बनाइदिएको छ ।

ध्वस्त बनाइएकामध्ये धेरैजसो मोटरसाइकल विशेषगरी कच्ची बाटोको लागि बनाइएका रहेका छन् ।

सहरमा तीव्र गतिमा कुदाउने, चर्को आवाज निकाल्ने, ट्राफिक नियमको पालना नगर्ने, पैदल यात्रुलाई ठक्कर दिँदै फुटपाटमा कुदाउने लगायतका गतिविधि गर्ने बाइकमाथि कारबाही गर्न नागरिकले उजुरी दिएका थिए ।

नागरिकको उजुरीको आधारमा मोटरसाइकल चालकलाई पटक–पटक सम्झाइबुझाइ गरे पनि नटरेकोले बुलडोजर नै लगाएर ध्वस्त बनाइएको न्युयोर्क सहरका मेयर एरिक एड्म्सले बताएको सीएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्