काठमाडौं, १६ असार । काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख (मेयर) मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा ३ वर्ष ३ महिना कैद सजाय हुने फैसला विशेष अदालतले सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले यसअघि नै दोषी ठहर गरेको मुद्दामा सोमबार सजाय र जरिवाना निर्धारण गरिएको हो ।
अदालतले बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानासहितको कडा सजाय सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले दोष प्रमाणित भएको ठहर गर्दै सजाय निर्धारण गरेको हो।