काठमाडौँ, २९ चैत । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।
तारकेश्वर नगरपालिका-११ हिलेटोलस्थित पश्चिम युना खाजा घरकी सञ्चालक सोही टोल बस्ने बर्दिया बाँसगढी नगरपालिका-१
घर भएकी २६ वर्षीया मुनु गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो ।
त्यस्तै उक्त खाजा घरबाट दुई जना नाबालिकासहित सात जना युवतीहरूको प्रहरीले उद्दार समेत गरेको छ ।






