Logo

नामकरण विषयमा सरकार प्रस्ट भएर आए सहयोग गर्छौ: कार्की



विराटननगर, २९ जेठ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रदेश १ को नामकरण विषयमा सरकार स्पष्ट भए आफूहरू सहयोग गर्न तयार रहेको बताएको छ ।

एमाले सांसद तथा नामकरणको विषयमा छलफल गर्न गठित संसदीय समितिका संयोजक हिक्मत कार्कीले पहिले सरकार स्पष्ट हुनुपर्ने बताए ।

प्रदेश सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले भने, ‘नाम राख्न हामीसँग अन्तिम समय छ । सबैको प्रयासमा नामकरणको विषय टुंगोमा पुग्न सक्छ । तर सरकार प्रस्ट हुनुपर्छ ।’

कार्कीले अहिलेसम्म प्रदेशको नाम नराखिएकाले आफूहरू बेनामे प्रदेशको माननीय बन्नुपरेको बताए ।

विराटनगरलाई प्रदेशको स्थायी राजधानी तोकेपछि नामको विषयमा छलफल गर्दागर्दै राजनीतिक परिस्थिति फेरिएको र एमाले विपक्षीको जिम्मेवारीमा पुगेको कार्कीले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्